लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँको सतुंगलबाट लागूऔषधसहित सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स व्यूरोको टोलीले आज तीन जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।
प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार
















