प्रधानमन्त्री ओलीले गरे पाणिनी सम्मेलनको उद्घाटन
बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनी सम्मेलनको उद्घाटन गरेका छन्।
अर्घाखाँचीको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको पाणिनी तपोभूमिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको पाणिनी सम्मेलन प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्।
पाणिनी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, पर्यटन विकास परिषद लुम्बिनी र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने छ ।
सम्मेलन उद्घाटन अघि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए।
सम्मेलनमा धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न छलफल, प्रस्तुति तथा कार्यपत्रहरू प्रस्तुत गरिनेछ ।
प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार
















