झुण्डिएको अवस्थामा वडा अध्यक्ष मृत फेला



काठमाडौं । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मृत फेला परेका छन् ।

वडा अध्यक्ष कर्णबहादुर भण्डारी आज बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

भण्डारी घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय ताराखोलाले जनाएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्