चट्याङ लागेर झापामा एक जनाको मृत्यु
काठमाडौं । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
चट्याङ लागेर पाँचथर मिक्लाजुङ गाउँपालिका-३ आरुभोटे स्थायी घर भई हालः झापा गौरादह नगरपालिका–५ बालुबथान बस्ने ५४ वर्षीय दूधकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
लावतीलाई आज बिहान ७ बजे भान्सा कोठामा खाजा खाने क्रममा चट्याङ लागेको थियो।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापश्चात् इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहको टोली शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको जनाएको छ।
प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार
















