भक्तपुरमा बस पल्टिदा चार जना घाइते
काठमाडौं । भक्तपुरमा बस पल्टिँदा चार जना घाइते भएका छन्।
आज बिहान ८ बजे सूर्यविनायक नगरपालिका–५ चुनदेवि आकासे पुल नजिकै बा ३ ख २४४६ नम्बरको बस पल्टिएको हो।
च्यामासिंह काठमाडौंतर्फ आउँदै गरेको बस अनियन्त्रित भई दुर्घटना हुँदा चार जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
काभ्रे घर भई जगाती बस्ने ४२ वर्षीय सानुमान थिङ, सूर्यविनायक–८ सिपाडोल बस्ने ५४ वर्षीय सुवर्ण भुजेल, सूर्यविनायक–९ पलासेकी ५० वर्षीया कोपिला महत र भारत घर भई भक्तपुर चुनदेवी बस्ने २३ वर्षीया किरण देवि बानियाँ घाइते भएका छन् ।
उनीहरूलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको छ।
प्रहरीले बस र चालक भक्तपुर नगरपालिका–७ ईनाचो बस्ने ४२ वर्षीय रबिन प्रजापतिलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: २७ चैत्र २०८१, बिहिबार
















