बुटवल–नारायणगढ सडक अवरुद्ध
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारी आवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ ।
सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् ।
दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको एघार बजेदेखि देखि तीन बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो ।
त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति एघार बजेदेखि बिहान पाँच बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।
प्रकाशित मिति: २७ चैत्र २०८१, बिहिबार
















