नेपाल बारको अध्यक्षमा मिश्र निर्वाचित



काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित भएका छन्।

आज आएको मतपरिणामअनुसार वरिष्ठ अधिवक्ता मिश्र पाँच हजार ५२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

कांग्रेस-एमाले गठबन्धनबाट अध्यक्षमा मिश्रसहित प्यानल नै निर्वाचित भएको हो।

नेपाल बार एशोसिएसनमा नेपाली कांग्रेस र नेकपा एमालेनिकट कानुन व्यवसायी संगठन तथा नेकपा माओवादी केन्द्र र रास्वपानिकट कानुन व्यवसायी संगठनबीच गठबन्धन थियो।

अध्यक्षमा माओवादी-रास्वपा गठबन्धनका उम्मेदवार रमनकुमार श्रेष्ठले दुई हजार छ सय २१ मत ल्याएका छन्।

महासचिवमा पनि कांग्रेस-एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए ।

अन्य सबै पदाधिकारीमा कांग्रेस-एमाले गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् ।

प्रकाशित मिति: २७ चैत्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्