बारका नवनिर्वाचित अध्यक्षले भने–सबैलाई समेटेर अघि बढ्छौं
काठमाडौं । नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले बारका सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताएका छन् ।
निर्वाचनको अन्तिम मतपरिणामपछि विजयी घोषणा भएलगत्तै बोल्दै नवनिर्वाचित अध्यक्ष मिश्रले सो कुरा बताएका हुन् ।
अध्यक्ष मिश्रले भने,‘निर्वाचन हुनुअघिको सबै वादविवाद आजबाट समाप्त भयो । स्वतन्त्र न्यायपालिका र स्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्नेछौं एकजुट भएर काम गर्नेछौँ।’
बारको विधान नै मुख्य कार्यपत्र रहने बताउँदै उनले युवा, महिला कानुन व्यवसायीको हकहितमा काम गर्ने बताए ।
स्वतन्त्र र स्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्ने प्रतिवद्धता जनाउदै उनले संविधान संशोधनमा पनि योगदान पुर्याउने बताए।
वरिष्ठ अधिवक्ता मिश्रले ५ हजार ५२ मत ल्याएर विजयी भएका थिए। उनी कांग्रेस–एमाले गठबन्धनका संयुक्त उम्मेदवार हुन् ।
प्रकाशित मिति: २७ चैत्र २०८१, बिहिबार
















