रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

रवि पत्नी निकिता पौडेलले उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेकी हुन्।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई चैत २२ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो।

उक्त आदेश आएको केही घन्टामै लामिछाने पक्राउ परेका थिए। लामिछाने अहिले थुनामै छन्।

प्रकाशित मिति: २८ चैत्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्