प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३० अंकले बढ्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।
यो समयमा नेप्से परिसूचक २.३० अंकले बढेर २६७३.०१ बिन्दुमा पुगेको छ।
३८ स्क्रिप्सको ८ हजार १८० कित्ता सेयर ४६ लाख ७१ हजार ७० रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १६ स्टक्सको मूल्य बढ्दा २१ वटाको घटेको छ भने बाँकी १ स्टकको मूल्य यो समयमा स्थिर रहेको छ ।
प्रकाशित मिति: ३० चैत्र २०८१, आइतबार
















