सुख छैन प्रदेशमा


 


गजल

रुदै-रुदै हजार दु:ख काट्नु पर्छ प्रदेशमा
नसकिने काम पनि आट्नु पर्छ प्रदेशमा !

पैसाको बोट हुन्न यहाँ टप्प टिपि पठाउने
पसिना संग पैसा साट्नु छ प्रदेशमा !

आमा-बुबाले सोध्दा खेरी केछ तिम्रो खबर भनि
आराम-कुसलै छु भनी ढाट्नु पर्छ प्रदेशमा !

पाईदैन गुन्द्रुक र ढिडो आमाको हातले पकाएको
सडेको त्यो बासी दाल-भातनै चाट्नु पर्छ प्रदेशमा !

मेरै लागि मंन्दिर धाउने प्यारीको याद आउँदा
कल्पना मै प्रेम डोरी बाट्नु पर्छ प्रदेशमा !

टुङ्गो हुन्न प्रदेशीको जिबन मरण कहिले हुन्छ
संगै सुतेको साथी संग फाट्नु पर्छ प्रदेशमा !

परदेशीको वेदनाबाट

प्रकाशित मिति: ९ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्