खोलामा नुहाउने क्रममा डुबेर बालकको ज्यान गयो



काठमाडौं । गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर बालकको ज्यान गएको छ ।

धुर्कोट गाउँपालिका–६ का १५ वर्षीय राजेश कुमालको सिस्तुङमा रहेको छल्दी खोलामा नुहाउने क्रममा डुबेर हिजो ज्यान गएको हो ।

खोला नुहाउन भनेर गएका कुमाल पानीमा डुबेको थाहा पाएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति: २ बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्