पत्रकारिता विकास समाजमा तिवारी
काठमाडौँ, फागुन २५
पत्रकारिता विकास समाजको अधिवेशबाट माधवप्रसाद तिवारी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ । समाजको अनामनगरमा भएको अधिवेशनले तिवारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा तीर्थराज भण्डारी र महासचिवमा प्रेमराज खनाल निर्वाचित भएका छन । केन्द्रीय सभासद्मा महेन्द्र भट्टराई र दीर्गबहादुर खत्री चयन हुनुभएको नेपाल पत्रकार महासंघका एसोशियट सचिव धुव्र लम्सालले जानकारी दिनुभयो ।
समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक केदार खड्काले नयाँ टिमले संस्थालाई अझै गति दिएर पत्रकारिताको विकासमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार