आज ५ बजे उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो
काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आह्वान गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार अपरान्ह ५ बजे बालुवाटारमा सुरुमा कार्यदलको बैठक बस्नेछ ।
त्यसपछि साँझ साढे ६ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने बताइएको छ ।
बैठकमा पछिल्लो समसामयिक राजनीति, बजेट अधिवेशनको तयारी लगायतका विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार
















