Deshko News
११ आश्विन २०८०, बिहिबार

आगलागीबाट विद्यालय भवन ध्वस्त



म्याग्दी, फागुन २६

म्याग्दीको बेनी नगरपालिका–१३ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा बुधबार बेलुका भएको आगलागीबाट १० कोठे भवन जलेर नष्ट भएको छ । आगलागीबाट विद्यालयको कार्यालय, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षाकोठामा पूर्ण रुपमा क्षति पुगेको छ ।

विद्यालयमा जडान गरिएको विद्युत सर्ट भएर आगलागी हुँदा लाखौँ मूल्य बराबरको भौतिक पूर्वाधार र कार्यालयका महत्वपूर्ण दस्तावेज जलेर नष्ट भएको शिक्षक रामप्रसाद शर्माले जानकारी दिए । भवनमा अत्याधिक काठको प्रयोग गरिएकाले आगोले भीषण रुप लिएको थियो ।

स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाले झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा लिएको बताए । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा १७४ जना बालबालिका अध्ययनरत छन् । विद्यालय भवनमा आगलागी भएपछि पठनपाठन प्रभावित हुने भएको छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News