द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट पारेका छन् ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौं राष्ट्रिय महाधिवेशनको बिहीबार उद्घाटन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताए ।

उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने भन्दै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकाउमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक सद्‌भाव खलबल्याउने गतिविधि, अराजकतालगायत कार्य स्वीकार्य नहुने स्पष्ट पारे ।

प्रकाशित मिति: ४ बैशाख २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्