यु–१९ विश्वकप एसिया छनोट : नेपाल आज अफगानिस्तानसँग भिड्दै



काठमाडौँ, वैशाख ६ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपाल आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

यो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने छ।

यसअघि तीनवटा खेलमा लगातार जित हासिल गरेको नेपाल आज चौथो जितका लागि मैदानमा उत्रन लागेको हो।

नेपालले पहिलो खेलमा युएईलाई डकवर्थ लुईस पद्धति (डिएलएस) का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित हासिल गरेको थियो।

गत बुधबार भएको तेस्रो खेलमा नेपालले हङकङविरुद्धको खेलमा ९ विकेटको सानदार जित निकालेको थियो ।

लगातार तीन खेलमा जित हासिल गरेकाे नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्