७७ वटै जिल्लामा संयुक्त जनआन्दोलन समिति निर्माण गर्ने घोषणा



काठमाडौं । संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले देशका ७७ वटै जिल्लामा संयुक्त जनआन्दोलन समिति निर्माण गर्ने घोषणा गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै गुरुङले यस्तो घोषणा गरेका हुन् । उनले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य एवं सुशासनको लक्ष्य प्राप्त गर्नका लागि संयुक्त जनआन्दोलन समितिले देशका ७७ जिल्लामा समितिहरू निर्माण गर्ने निर्णय गरेको हो ।

‘यसै सन्दर्भमा निश्चित लक्ष्य र अवधिका लागि निर्माण गरिने जिल्लास्तरीय समितिहरूमा आम देशभक्त, राष्ट्रवादी नागरिकलाई सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्