निषेधित क्षेत्र तोड्दै राप्रपाको प्रदर्शन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ ।
आइतबार दिउँसो माइतीघरदेखि बबरमहल हुँदै नयाँबानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन जारी छ ।
अहिले बानेश्वरस्थित निषेधित क्षेत्रमा पुगेर राप्रपाका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
राप्रपाका अनुसार बिजुली बजारमा भेला भएर निषेधित क्षेत्र तोड्न टोली गएको हो ।
बिजुली बजारको आर्कब्रिज पुलमा जम्मा भएर एभरेस्ट होटल हुँदै बानेश्वरसम्म जुलुस पुगेको छ ।
अहिले निषेधित क्षेत्रमा राप्रपा कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् ।
उनीहरूले दलका नेताविरुद्ध चर्का नाराबाजीसहित राजा माग्दै प्रदर्शन गरेका छन् ।
प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार
















