एसएलसीमा भोजपुरको रोचक नतिजा


 


भोजपुर, असार १०
गत शुक्रबार प्रकाशित एसएलसीको नतिजाले भोजपुरमा गजब गजबका तथ्यांकहरु सार्वजनिक भएका छन् । विगतको बर्षमा भन्दा यो बर्ष भोजपुरमा पाँच प्रतिशत नतिजा बढेको छ । यो बर्ष भोजपुरमा ७२ सामुदायिक विद्यालयबाट दुई हजार सात सय ५२ विद्यार्थी परीक्षामा सामेल थिए । जसमा चार सय ९५ जना विद्यार्थी उत्र्तिण भए । यो १७.९९ प्रतिशत हो ।
नीजी भन्दा सामुदायिक अब्बल
यो बर्ष भोजपुरमा नीजि भन्दा सामुदायिक विद्यालय अब्बल सावित भएका छन् । शारदा उच्च मावि प्याउलीका विकल खत्री जिल्ला फस्ट भएका छन् । उनले छ सय ३९ नम्बर प्राप्त गरेका छन्, जुन विशिष्ट श्रेणीका लागि एक अंक कम हो । यो तथ्यांक सँगै सामुदायिक विद्यालय पनि अब्बल छन् भन्ने पुष्टि गरेको छ । विगत बर्षहरुमा नीजिका विद्यालयका विद्यार्थी जिल्ला फस्ट हुँदै आएका थिए ।
डिस्टिङ्सन कसैले ल्याएनन्
सार्वजनिक भएको नतिजा अनुसार यो बर्ष भोजपुरमा कुनै पनि विद्यार्थीले विशिष्ट श्रेणीमा पास गर्न सकेनन् । यो बर्ष नीजि विद्यालयले समेत विशिष्ट श्रेणीमा पास गराउन सकेनन् । भोजपुरमा एक सय ७७ जना प्रथम श्रेणी, तीन सय ११ दोस्रो र सात जना तेस्रो श्रेणीमा उत्र्तिण भएका थिए । ०६७ मा पनि विशिष्ट श्रेणीमा विद्यार्थी पास भएका थिएनन् ।
एउटा मात्र विद्यालय शतप्रतिशत
अर्काे एउटा रोचक के छ भने यो बर्ष भोजपुरमा एउटा मात्र विद्यालयले शतप्रतिशत पास गराएको छ । परीक्षामा जम्मा ७२ वटा विद्यालय सहभागी थिए । सदरमुकाममा रहेको सिद्धकाली बोर्डिबाट मात्र शतप्रतिशत विद्यार्थी पास भएका हुन् । यो विद्यालयबाट परीक्षामा सहभागी २१ विद्यार्थीमा २० जना प्रथम र १ जना दोस्रो श्रेणीमा पास भएका हुन् । भोजपुृरमा चार वटा नीजि विद्यालयबाट विद्यार्थीले परीक्षामा भाग लिएका थिए ।
निल खाने बढे
यो बर्ष भोजपुरमा निल खाने विद्यालयको संख्या बढेको छ । विगत चार बर्षको नतिजालाई आधार मानेर हेर्ने हो भने यो बर्ष सबैभन्दा बढी १२ वटा विद्यालयले निल खाएका छन् । ०६८ को नतिजामा भोजपुरका छ सामुदायिक विद्यालयले निल खाएका थिए । अहिले यो संख्या बढेर ठिक डबल १२ पुगेको हो । यो संख्या बर्षेनी बढीरहेको छ । ०६९ मा, आठ, ०७० मा ११ विद्यालयले निल खाएका थिए भने, यो बर्ष एक थपिएर १२ पुगेको हो । १२ विद्यालयको निल संगै दुई हजार दुई सय ५७ विद्यार्थी अनुर्तिण भए ।
खुल्लामा धेर कडाइमा थोर
गत चैत्र महिनामा सञ्चालित एसएलसी परीक्षामा भोजपुरका अधिंकाश ठाउँमा मनमौजी विद्यार्थीले चीट चोर्न पाएका थिए । त्यही भएर पनि यो बर्ष भोजपुरमा नतिजा बढेको हो । तर कतिपय परीक्षा केन्द्रमा कडाइ पनि गरिएको थियो, ती केन्द्रको उर्तिण प्रतिशत समेत कम छ । जिल्लाको दक्षिणी क्षेत्र घोरेटार परीक्षा केन्द्रमा परीक्षा निकै कडाइ गरिएको थियो, जसको नतिजा पनि रोचक नै छ । यो केन्द्रमा चार वटा विद्यालयले परीक्षा दिएका थिए, जसमा तीन वटाले नील खाए, भने एउटा विद्यालयबाट मात्रै एक जना विद्यार्थी पास भएका छन् ।

यो पनि पढ्नुहोस्

बजेट किल, सधै निल

भोजपुरका कुन विद्यालयको अवस्था कस्तो ?

प्रकाशित मिति: १० असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्