शंखरापुरमा श्रीमतीको हत्या, श्रीमान् फरार
काठमाडौं । काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ ।
आइतबार राति सवा ९ बजे शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा डेरामा एक जना महिला मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक रामेछाप खाडादेवी गाउँपालिका–७ घर भएकी पुतली घिसिङ रहेकी छिन् । उनको घाँटीमा धारिलो हतियार प्रहार भएको छ ।
तर हतियार घटनास्थलमा प्रहरीले फेला पारेको छैन । प्रहरीका अनुसार ११ वर्षीय रिदम घिसिङ र १० वर्षीया संजिता घिसिङ सामान्य घाइते अवस्थामा फेला परेका थिए ।
रिदम र संजिताको उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । मृतकको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ ।
घटनास्थलबाट मृतक पुतलीका श्रीमान ५२ वर्षीय पदम घिसिङ फरार छन् । उनको प्रहरीले खोजतलास गरिरहेको छ ।
प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार
















