बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान
काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–१० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।
मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार राना मंगलबार बिहान साढे ४ बजे कोलकाता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेको पाइएको छ ।
राना बिहान जलेको अवस्थामा फेला परेका थिए भने मोटरसाइकल नजिकै जलिरहेको थियो ।
अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार
















