अन्तराष्ट्रिय सम्मेलन, कहाँबाट कति सहयोग अाउने भयो ?


 


data
काठमाडौं, असार १०
‘नेपालको पुनर्निर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन’मा विदेशी दाताहरुले करिब ३ सय १३ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्मेलनमा भारतकी विदेशमन्त्री सुष्मा स्वराजले झण्डै १ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता गरिन्। यसमध्ये झण्डै २५ अर्ब रुपैयाँ अनुदान र ७५ अर्ब रुपैयाँ ऋण सहयोग रहने उनले आफ्नो मन्तव्यमा बताइन्।

चीनका विदेशमन्त्री वाङ यीले करिब ४९ अर्ब रुपैयाँ सहयोगको घोषणा गरे।

जापानले करिब २६ अर्ब रुपैयाँ, युरोपियन युनियनले रु. ११ अर्ब, एसियाली विकास बैंकले करिब रु. ६० अर्ब, विश्व बैंकले रु. ५० अर्ब, संयुक्त राज्य अमेरिका रु. १३ अर्ब, नर्वे रु. ३ अर्ब ३५ करोड सहयोग प्रतिबद्धता आएको छ।

भुटान, श्रीलङका, बंगलादेशलगायतका देशले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उद्‌घाटन सत्रमै यो रकम घोषणा गरिएको हो। अन्य गैरसरकारी संस्था र विकास साझेदारहरुबाट प्रतिबद्धता आउनै बाँकी रहेको छ।

प्रकाशित मिति: १० असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्