एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न



काठमाडौँ २० वैशाख । एनएमबि बैंकले शनिबार बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

एनएमबि बैंकको गट्ठाघर शाखाबाट सुरु भएको यात्रा शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म पगेर सम्पन्न भएको हो ।

मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्य तथा सर्वसाधारणहरु गरी लगभग ७०० जनाको सहभागितामा थियो ।

प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्