सुनको मूल्य सामान्य घट्यो, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको तोलामा तीन सय रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्