बालाजुमा साझा बसमा आगजनी



काठमाडौँ, फागुन २८

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आज बालाजु बाइपासमा साझा यातायातको बस जलाइदिएका छन् । बा ४ ख ५६४८ नं को बसका चालक, परिचालक र सुरक्षामा खटिएका प्रहरी खाना खान गएको मौका छोपी बालाजु बाइपासमा रोकि राखिएको बसबाट यात्रु ओराली पेट्रोल छर्केर आगो लगाइएको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।

आगलागीबाट बसका आठवटा सीट पूर्णरुपमा जलेर रु एक लााख बराबरको क्षति भएको छ । यातायातले कसैको समर्थन वा विरोधमा सेवा सञ्चालन नगरेको उल्लेख गर्नुहुँदै उहाँले यस्ता गतिविधि नदोहो¥याउन सबैसँग अनुरोध गर्नुभयो ।

साझाका ४० वटा सवारीसाधन अन्य दिनजस्तै आज पनि उपत्यकाका रुटमा चलिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News