भारतीय गाडीमा आगजनी



चितवन, फागुन २८

भरतपुर उपमहानगरपालिकाको विकास चोकमा आज एक भारतीय गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । दिउँसो युपी ५३ डिपी ००३० नम्बरको ग्यारेजमा राखिएको गाडी बाहिर निकाल्न लगाई पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले चारजनाको समूहमा आएका व्यक्तिले आगजनी गरेको जानकारी दिनुभयो ।

मैदा लिएर आएको सो गाडी सामान झारी मर्मतका लागि ग्यारेजमा राखिएको थियो । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एक साता भारतीय गाडी चल्न नदिने अभियानअन्तर्गत आगजनी गरेको हुनसक्ने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News