सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि ‌ओरालो लागेको छ।

अघिल्लो दिन सोमबार ३७ सयले घटेको सुन आज २ हजार रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार रुपैयाँले घटेर एक तोलाको सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।

सोमबार एक तोला सुनको भाउ १ लाख ८६ हजार ८०० रुपैयाँ पुगेको थियो। त्यसअघि आइतबार प्रतितोला सुन १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो।

यसैगरी सुनको मुल्य घटे पनि चाँदीको कारोबार भने वृद्धि भएको छ। आज एक तोला चाँदी १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार प्रतितोला चाँदीको कारोबार १९ सय ६० रुपैयाँमा भएको थियो ।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्