पत्रकार महासङ्घ पाल्पामा अर्याल



रामपुर (पाल्पा), फागुन २९

नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्षमा राजेशकुमार अर्याल निर्वाचित हुनुभएको छ । अर्याल यसभन्दा अगाडि पनि शाखा अध्यक्षमा निर्वाचित हुुनुहुन्थ्यो ।

शनिवार राति अबेरसम्म भएको अधिवेशनले महासङ्घका खुल्ला उपाध्यक्षमा भरत शर्मा, महिला उपाध्यक्षमा मुना घिमिरे, सचिवमा किरण कौशल तथा सहसचिवमा कृष्ण कार्की र अनिल लिगल, कोषाध्यक्षमा नरभूपाल विक रहनुभएको छ ।

त्यस्तै सदस्यमा कृष्ण पोखरेल, चूरामणि न्यौपाने, यज्ञमूर्ति तिमिल्सिना, नारायण न्यौपाने, मुक्तिप्रसाद न्यौपाने, दुर्गेश मल्ल, डोलबहादुर विक, सिर्जना घिमिरे, रीमा सोमै र हरिबहादुर विक चयन हुनुभएको छ ।

केन्द्रीय पार्षदतर्फ सोमनाथ अर्याल, मेघराज शर्मा, कमलराज तिमिल्सेना, भगवान भण्डारी, राजेन्द्र लिगल, माधव अर्याल, जगदीश भट्टराई, मन गैरे, वन्दना पोखरेल, रेखिराम राना र देव पचभैया रहनुभएको छ ।

प्रदेश सभासद्तर्फ राजु घिमिरे, झवेन्द्र देवकोटा, राजकुमार आले, किशोर भट्टराई, सीतादेवी डोटेल, पदमप्रसाद गैरे, शङ्कर भण्डारी, टीकाराम बस्याल, झपेन्द्र गैरे, दयाराज न्यौपाने, गीता ज्ञवाली, गुराँस आत्रेय, यमुना सारु, कृष्ण दर्नाल र अमृत अधिकारी रहनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News