आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्यमा उच्च वृद्धि भएको छ । बिहीबार तोलाको तीन हजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि तीन हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला तीन हजार पाँच सय रुपैयाँ घटेर एक लाख ८१ हजार आठ सयमा झरेको थियो । वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्