सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, जेठ ९ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ ।
सुन आज तोलामा एक हजार एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो (बिहीबार) प्रतितोला एक लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज तोलामा २० रुपैयाँ घट्दै प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार
















