बिर्तामोडका होटलबाट आठ जोडी समातिए


 


झापा, असार १०

झापाको बिर्तामोडबाट प्रहरीले बिहीबार अपराह्न आपत्तिजनक अवस्थामा आठ जोडीलार्इ पक्राउ गरेको छ ।

बिर्तामोडका विभिन्न होटलबाट सञ्चालकसहित आठ जोडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।

प्रहरीले युवायुवतीलार्इ राख्ने ८ जना होटल सञ्चालकलार्इ समेत पक्राउ गरेको छ । पछिल्लो समय यौनजन्य गतिविधि बढेको जनगुनासो बढेसँगै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बिर्तामोडका २५ भन्दा बढी होटलमा छापा मारेको हो ।

छापा मारेका सबैजसो होटलमा दिउँसै यौनजन्य गतिविधिमा भएकाले होटल सञ्चालकसहित १३ महिला र ११ पुरुषलाई पक्रेर अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रबिन्द्रनाथ रेग्मीले बताए ।

प्रहरीले नियन्त्रणमा लिएका कसैको पनि नाम सार्वजनिक गरेको छैन ।

रासस

प्रकाशित मिति: १० असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्