सुनको मूल्य बढ्यो, कति छ आज ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा एक हजार ४०० रुपैयाँ बढ्दै प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन अघिल्लो शुक्रबार प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ ।

चाँदी आज पनि प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्