एनआईसी एशियाको कर्पोरेट कार्यालय सर्यो, कमलादीस्थित आफ्नै भवनबाट सेवा प्रदान



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादीमा सरेको छ । थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय कमलादीकोस्थित आफ्नै भवनमा स्थानान्तरण भएको हो।

आइतबार नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरि कर्पोरेट कार्यालय स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण कार्यक्रममो उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले गरे।

समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यालय स्थानान्तरण भएसँगै ग्राहक तथा सरोकारवालाहरूले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरु थप सहजताका साथ प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिएको बैंकले जनाएको छ।

एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्