एनएमबि बैंकका ग्राहकलाई हिल्टन होटलमा विशेष छुट




काठमाडौँ । एनएमबि बैंकका ग्राहकले हिल्टन हाृेटलमा विशेष छुट पाउने भएका छन् ।

एनएमबि बैंक र हिल्टन काठमाडौं बीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष
छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड (
डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुुक्तानी गर्दा १५ प्रतिशत
सम्मको छुट पाउने छन् ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई
प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दिगो सुविधाहरू सञ्चालन गर्दै आएको छ ।

एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १ सय ८७ वटा एटिएम र ९ विस्तारित काउन्टर मार्फत
व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्