“डिशहोम इन्टरनेट” को ब्रान्ड एम्बेसेडरमा अभिनेत्री दिव्या रायमाझी
कठकाठौ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले प्रतिभाशाली तथा उदाउँदी नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ।
चलचित्र क्षेत्रको नयाँ पुस्ताबाट उदाउँदै गरेकी युवामाझ लोकप्रिय रायमाझीलाई आफ्नो ब्राण्ड एम्बेस्डर नियुत्तः गरेको डिशहोमले जनाएको छ ।
ब्राण्ड एम्बेस्डर नियुत्त भएपछि दिव्या रायमाझीले प्रतिक्रिया दिँदै भनिन् स् ‘डिशहोम इन्टरनेट जस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गौरवको विषय हो। यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध मात्र होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात पनि हो।’
डिशहोम इन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई उच्चगतिको इन्टरनेट सेवा दिइरहेको छ ।
यस सहकार्यमार्फत डिशहोम ईन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ सुदृढ गर्ने, र डिजिटल कनेक्टिभिटीलाई जनस्तरसम्म पुर्याउने दीर्घकालीन लक्ष्यलाई मजबुत बनाउने डिशहोमको विश्वास छ ।
प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार
















