गैरकानुनी रूपमा बसेका नेपालीलाई धमाधम एक्जिट भिसा दिँदै साउदी सरकार
काठमाडौं । साउदीमा गैरकानुनी रूपमा बस्दै आएका नेपाली कामदारले धमाधम एक्जिट भिसा पाउन थालेका छन् ।
रियादस्थित नेपाली दूतावासका काउन्सिलर कविराज उप्रेतीले दिएको जानकारी चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा १ हजार ६ सय ५८ जना गैरकानुनी रूपमा बसेका नेपालीले एक्जिट भिसा पाइसकेका छन् ।
एक्जिट भिसा पाउनेमा अकामाको म्याद सकिएका १ हजार २ सय ८६ र हुरुव लागेका ३ सय ७२ जना छन् । उनीहरू सबै जना नेपाल फर्किसकेका छन् ।
आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकालाई स्वदेश फर्किने भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ । एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ । राजधानी दैनिकबाट
प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार
















