५ सय ४४ नेपाली साउदीको जेलमा, अधिकांशमा रक्सी सेवन र बिक्री वितरणको अभियोग
काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका अधिकांश नेपाली रक्सी सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका छन् ।
साउदीको कानुनविपरीत गतिविधि र साथीभाइको प्रलोभनमा पर्दा ५ सय ४४ जना नेपाली जेलमा छन् ।
साउदीमा हालसम्म मदिरा सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय रुपमा हेरिन्छ।
साउदीस्थित नेपाली दूतावास अनुसार ३ सय ४५ जना मदिरा उत्पादन, सेवन र ओसारपसारको अभियोगमा , ८४ जना लागुऔषध ओसारपसार , ५३ जना चोरी मुद्दामा,बेश्यावृतीमा १२ जना , तोडफोडमा १६ जना, घुसखोरीमा १५ जना ,हत्यामा ४ जना, नियम उल्लङ्घनमा ७ जना, अन्य गतिविधिमा संलग्न रहेको आरोपमा १६ जना जना जेल परेका छन् ।
जसमध्ये ३ सय ४१ जनालाई आधिकारिक रुपमा फैसला सुनाएर जेल चलान गरिएको छ भने २ सय ३ जनाको फैसला आउन बाँकी रहेको छ ।
प्रकाशित मिति: १ असार २०८२, आइतबार
















