एमालेको जागरण अभियान आज टीकापुरमा



कैलाली, चैत २

एमालेले मेची महाकाली अभियानअन्तर्गत बुधबार कैलालीको टीकापुर र लम्कीमा बृहत जनभेला गर्दैछ। टीकापुरमा मध्याह्न १२ बजे र लम्कीमा अपराह्न ३ बजे जनभेला सुरु हुने एमालले जनाएको छ।

भेलामा अध्यक्ष केपी शर्मा ओली लगायत एमालेका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। एमालेको मेची महाकाली अभियान प्रति आपत्ति जनाउँदै थरुहट तराई पार्टी नेपालले गरेको कैलाली बन्दको प्रभाव सामान्य परेको छ।

एमालेले खोक्रो राष्ट्रवादको नारा उठाएर मधेसमा जातीय र साम्प्रदायिक द्वन्द्व निम्त्याएको भन्दै थारुहट तराई पार्टी जिल्ला कार्यसमिति कैलालीले जिल्ला बन्द आह्वान गरेको हो।  पार्टीले एमालेको अभियानले जातीय एवं सामाजिक सदुभाव भड्काएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News