सहज यात्राका लागि चालक र सह–चालक दुबै दक्ष हुन जरुरी छ
काठमाडौं । ने नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष बेदराज बास्तोलाले पर्यटकीय यातायातका सवारीचालक दक्ष भए मात्रै यात्रा गर्दा पर्यटक सहज हुने बताएका छन् ।
बुधवार काठमाडौंमा एक दिने पर्यटक सवारीचालक तथा सहचालक अभिमूखीकरण प्रशिक्षणमा उनले चालक आफै सक्षम भएमा आफू र सँगै यात्रामा रहेका पर्यटकलाई सजिलो हुने बताएका हुन् ।
यात्रामा रहेका पर्यटकलाई आफ्नै घरको पाहुँना हुन भनेर व्यवहार गर्नुपर्ने बताउँदै उनले कार्यक्रममा उनले भने–‘प्रशिक्षणले चालक र सहचालकलाई सक्रिय बनाउनेछ ।’
यात्रामा रहँदा ट्राफिक नियम पालना गरेर स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यमा पुर्याउन पनि उनले चालकलाई सुझाव दिए ।
चालक मात्र नभइ सहचालक पनि उतिकै जिम्मेवार हुनुपर्ने अध्यक्ष बास्तोलाको भनाई छ । सहचालकले पर्यटकसँग राम्रो बोलीचाली तथा असल व्यवहार गर्नुपर्ने उनले बताए ।
यात्रा अवधिभर सहचालकले पर्यटकलाई जानेका विभिन्न ठाउँको बारेमा जानकारी दिनुपर्ने बताउँदै उनले पर्यटकीय यातायात व्यवसायी र चालक तथा सहचालकको सधैँ सुमधुर सम्बन्ध हुनुपर्ने उनको भनाइ छ ।
सवारीचालक तथा सहचालक अभिमूखीकरण प्रशिक्षणका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले लगानी बढे पनि पर्यटकको संख्या कम भएको बताए ।
उ
उनले भने–‘आवश्यक आधारभूत पूर्वाधार निर्माण नहुँदा सोचे भन्दा कम पर्यटक आइरहेका छन् । राज्य जिम्मेवार भएर पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ । जसले गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटकीय पूर्वाधार प्रचारप्रसार हुनेछ ।’
प्रशिक्षणमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालका वरिष्ठ सई राजीव बिष्टले प्रशिक्षणका क्रममा चालक सबैभन्दा बढी जिम्मेवार भएमा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए ।
चालकहरूले ट्राफिकको लागि नभई आफ्ना लागि ट्राफिक नियम पालना गर्नुपर्ने उनको सुझाव थियो ।
प्रशिक्षणमा ९२ जना चालक तथा सहचालक सहभागी थिए ।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार
















