गुडिरहेको विद्युतीय स्कुटरमा आगो दन्किएपछि…



काठमाडौं । काठमाडौंको रत्नपार्कमा गुड्दै गरेको एक विद्युतीय स्कुटरमा अचानक आगो लागेको छ।

घटनाका कारण केही समय सवारी आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ।

प्योर ईभी कम्पनीको ‘ई–प्लुटो ७ जी’ मोडेलको स्कुटरमा बुधबार बिहान करिब पौने १० बजे नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि पुग्दापुग्दै आगलागी भएको हो।

बागमती प्रदेश–०२–०१९ प ६२४६ नम्बरको स्कुटरमा लागेको आगोका कारण गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको ट्राफिक प्रहरीले जनाएको छ ।

नेपालमा उक्त स्कुटर ह्वाइट लोटस प्रालिले बिक्री गर्दै आएको छ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्