पहिरोले जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
बझाङ । बझाङमा जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जयपृथ्वी नगरपालिका–७, माल्लाभीरस्थित सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
बिहीबार (असार १९) बिहान करिब पौने ८ बजे उक्त स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षासँगै सडकमाथिबाट पहिरो खसेको हो । राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार
















