सेफ्टी ट्यांकीमा खस्दा महिलाको मृत्यु
चितवन । चितवनमा सेफ्टी ट्यांकीमा खस्दा महिलाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–९, शरदपुरकी ६४ वर्षीया राधिका विकको मृत्यु भएको हो ।
घरनजिकैको सेफ्टी ट्यांकीमा शनिबार खस्दा घाइते भएकी उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उपचारका क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको हो ।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार
















