रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिहरुको नदी किनारमा क्षतविक्षत मानव अंग भेटिए



काठमाडौं । मंगलबार बिहान भोटेकोसी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका १८ जनामध्ये केही व्यक्तिका अंगहरू क्षतविक्षत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीका कारण ३ जना प्रहरी, १२ जना नेपाली नागरिक र ३ जना चिनियाँसहित १८ जना सम्पर्कविहीन थिए । तीमध्ये केहीको पहिचान खुल्न बाँकी भए पनि नदी किनारमा भेटिएका अङ्गहरूले विपद्को भयावहता उजागर गरेको छ ।

नदीको बहाव केही घटेसँगै उत्तरगयाधाम नजिक दुई वटा मानव खुट्टा फेला परेका छन् । प्रारम्भिक अनुमानअनुसार ती बाढीमा बेपत्ता भएकामध्ये कुनै व्यक्तिका हुन सक्ने आशंका गरिएको छ ।

सुरक्षाकर्मी, नेपाली सेना र सशस्त्र प्रहरी संयुक्त टोलीमार्फत खोजी तथा उद्धार अभियानलाई अझ तीव्र बनाइएको छ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्