नेपाल टेलिकमको मनसुन अफर
काठमाडौँ २५ असार । नेपाल टेलिकमले भोलि असार २६ गतेदेखि लागु हुने गरी मनसुन अफर २०८२ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराउने भएको छ ।
यस अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटसमेत उपलब्ध गराइने छ ।
ग्राहकले आफ्नो मोबाइलबाट *1415#डायल गरेर वा ‘नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्ने टेलिकमले जनाएको छ ।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार
















