एनआरएनए फ्रान्सको अध्यक्षमा श्रेष्ठ
काठमाडौं, असार ३० । गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा मिनबहादुर श्रेष्ठ चयन भएका छन् ।
संघको एघारौं महाधिवेशनबाट श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।
आइतवार सम्पन्न महाधिवेशनमा सबै पदमा निर्विरोध निर्वाचित भएको केन्द्रीय प्रतिनिधि परशुना कंडेलले जानकारी दिइन् ।
कार्यसमितिको उपाध्यक्षमा लाल बहादुर सोडारी चन्द, महिला उपाध्यक्षमा निर्मला शाही, महासचिवमा राजु बस्नेत खप्तडी, र कोषाध्यक्षमा निरज सोडारी चन्द चयन भएका छन् ।
महिला प्रतिनिधिमा यामकला पौडेल र युवा प्रतिनिधिमा मान बहादुर बिक चयन भएका छन् । सदस्यहरूमा सन्दिपा गुरुङ, रम्बा तामांग, प्रकाश तामांग र कृष्ण महर्जन छन् । आईसीसी सदस्यमा लोकबहादुर पुन निर्वाचित भएका छन् ।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार
















