अमेरिकामा कार दुर्घटनामा परेर एक नेपाली विद्यार्थीको मृत्यु



काठमाडौं । अमेरिकामा अध्ययनरत एक नेपाली विद्यार्थीको कार दुर्घटनामा परेर मृत्यु भएको छ ।

अमेरिकाको लुजियाना विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो । उनको नेपालको स्थायी ठेगाना दाङ रहेको बताइएको छ ।

उक्त दुर्घटनाबारे थप बुझ्न र सम्भव भएसम्म सहयोगका लागि पहल गर्न अमेरिकामा रहेका नेपाली समुदायले आग्रह गरेका छन् ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्