एनआईसी एशिया बैंकका ग्राहकले नगरकोट सामुदायीक होमस्टेमा छुट पाउने
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले नगरकोट सामुदायीक होमस्टेमा छुट पाउने भएका छन् ।
बैंक र होमस्टेबीच यस बैंकका ग्राहक महानुभावहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएसँगै अब यस बैंकका ग्राहक महानुभावहरुले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।
चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायीक होमस्टेको सेवा लिई ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवर्धन गरिरहेको बैंक र नगरकोट सामुदायीक होमस्टेबीचको यस साझेदारीले ग्राहकलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकको विश्वास छ ।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार
















