सुनको मूल्य लगातार वृद्धि, आज कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (सोमबार) पनि बढेको छ।
सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ ।
सुनको मूल्य गएको शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला दुईसय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ।
आज चाँदी प्रतितोला दुई हजार दुईसय ८५ रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार
















