एक्सेल डेभलपमेन्ट वैंक २१ वर्षमा
काठमाडाैँ । एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले वित्तीय कारोवार संचालन शुरुवात गरेको अवधि २० वर्ष पुरा गरी श्रावण ०६ गतेबाट २१ बर्षमा प्रवेश गरेको छ ।
वैंकले आफ्नो २० औं वार्षिक उत्सवको अवसरमा २०८२ श्रावण ६ गते वार्षिक उत्सवका दिन विहान ६.३० बजे बैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डहरु सहित प्रभात फेरी कार्यक्रम सम्पन्न ग¥यो ।
साथै, सोहि दिन मेची प्रादेशिक अस्पताल, भद्रपुरका सम्पूर्ण बिरामीलगायत नेपाल अपाङ्ग संघ, झापा जिल्ला शाखा भद्रपुरका बिरामीहरुलाई फलफूल वितरण गरियो । त्यसका अतिरिक्त, यस बैंकका सम्पूर्ण शाखाहरुमा वार्षिकोत्सव मनाउदैं सेवाग्राहीहरुलाई चकलेट वितरण गरियो ।
यस बैंकले स्थापनाकालको २० औँ वर्ष पार गरी २१ औँ वर्षमा प्रवेश गर्दै गर्दा अनवरत रुपमा साथ एवं सहयोग प्रदान गर्नुहुने बैंकका समस्त संस्थापक, अग्रज एवम् शेयरधनी महानुभावहरु, ग्राहक महानुभावहरु, नियामक निकाय, वर्तमान एवम् निर्वतमान कर्मचारीहरु लगायत अन्य सरोकारवालाहरु प्रति कृतज्ञताका साथै धन्यवाद ज्ञापन गरेको छ । सम्पूर्ण शु्भचिन्तकहरुको अटुट विश्वास, योगदान र सकारात्मक सहयोगले गर्दा यस बैकले गौरवमय यात्राहरु पार गरी निरन्तर रुपमा आएको र अझै बढी प्रभावकारी, गुणस्तरीय, विश्वासनीय, आधूनिक प्रविधिमैत्री बैंकिंग सेवा प्रदान गदै जाने प्रण पनि यस बैंकले गरेको छ ।
प्रादेशिक विकास बैंकको रुपमा झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोर¨, सुनसरी, पॉचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका विभिन्न ४७ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरु साथै तीनवटा एटीएम मार्फत ग्राहकहरु समक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ ।
साथै बैंकले आफ्नो सेवा विस्तार गर्दै कोशी प्रदेश कार्यक्षेत्रभित्रका अन्य जिल्लाहरुमा समेत थप नयाँ शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको छ ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार
















